आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आजदेखि एमाले संसदको अवरोध हटाउन सहमत भएको हो ? चाल्यो यस्तो कदम


  • आइतबार, फाल्गुन २२ २०७८
7.8K
SHARES

फाइल तस्विर

काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्र बडूले संसदमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद गतिरोध खोल्ने संकेत दिएको बताएका छन् ।

महाभियोग सिफारिश समितिमा नाम पठाउनु संसदीय प्रक्रियामा सहभागी भएको संकेतको रुपमा लिएको उनले बताए ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बडूले फागुन २९ गते बस्ने बैठकमा एमालेले अवरोध हटाउने विश्वास गरेका हुन् ।

‘महाभियोग सिफारिश समितिमा नाम दिने भनेको आफैंले छलफलमा सहभागी हुन्छौँ भनेको होइन र ? यो प्रक्रियामा सहभागी भएको सकारात्मक संकेतको रुपमा लिनुपर्छ,’ पत्रकारहरूको एक जिज्ञासामा मन्त्री बडूले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन एमालेले आइतवार महाभियोग सिफारिश समितिमा रहने सदस्यको नाम दिएको थियो ।

मन्त्री बडुले संसद चल्दै नचल्ने अवस्थामा अर्ली इलेक्सनको कुरा बहसमा भएको बताए । यता एमालेले भने प्रधानन्यायाधीश ९हाल निलम्बित० चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा छानबिन गर्न गठित ९संसदीय० समितिमा सांसद्‌हरुको नाम पठाएको बिषय संसद्‌मा जारी अवरोधलाई निरन्तरता दिने बताएको छ। महाअभियोग सिफारिस समितिमा सहभागी हुनु र संसद् अवरोध गर्नु फरक–फरक विषय भएको एमालेको प्रतिक्रिया छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा