शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीसँग बदला लिन माधव नेपालले निकालेको नयाँ आइडियाले खैलाबैला, माओवादीले भन्यो-साथ दिन सक्दैनौँ


  • आइतबार, फाल्गुन २२ २०७८
11.1K
SHARES

फाइल तस्विर

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेसँग बदला लिन नयाँ आइडिया निकालेका छन् । नेकपा एमालेले संसद चल्न नदिएर आफूहरुलाई दुःख दिने काम गरिरहेको भन्दै अध्यक्ष नेपालले नयाँ आइडिया निकालेका हुन् ।

यस्तो अवस्था रहे संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, केपी ओलीको एमालेले संसद पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेको छ ।

यस्तो अवस्थामा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम हुन्छ भनेर कुरा आएको छ । संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।

तर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न असम्भव रहेको भन्दै त्यो सम्भावना नरहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा