शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ओलीको एमालेले संसद चल्न नदिए संसद विघटन गर्ने माधव नेपालको चेतावनी !


  • आइतबार, फाल्गुन २२ २०७८
9.6K
SHARES

तस्विरः फाइल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष रहेको एमाले पार्टीले संसद चल्न नदिएर गन्जागोल कायम गरेको भन्दै प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएर दुःख दिइरहेको बताएका हुन्।

उनले भने, ‘ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो। हामीलाई समेत दुःख दिइरहेको छन्। यस्तो अवस्थामा राखिरहनु भन्दा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु राम्रो हुन्छ। संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।’

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा