महेन्द्रनगर । बैतडीको शिवनाथ गाउँपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गरेका हुन् ।
शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं। २ का अध्यक्ष हजारी साउँद, वडा नं. ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं। ४ की वडा सदस्य पाना तिरुवाले एमाले प्रवेश गरेको सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।
उनका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकि थिइन ।
‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन्,’ उनले भने, ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।
वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष समेत हुन् । उनी समाजवादीका प्रदेश सदस्य समेत हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।