आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

बालुवाटारपछि खुमलटारमा नेताहरुको बथान


  • आइतबार, फाल्गुन २२ २०७८
9.7K
SHARES

केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड निवास खुमलटारमा राजनीतिक भेटघाटले तीव्रता लिएको छ । आज पनि खुमलटारमा बिहानैदेखि माओवादी नेताहरु भेटघाटका लागि पुगेका छन् ।

अध्यक्ष दाहाल निवासमा नारायणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र अर्थमन्त्री जनार्दन शर्मा पुग्नुभएको हो । दाहालको सचिवालयका अनुसार उहाँहरुबीच बिहानैदेखि भेटवार्ता जारी छ ।

माओवादीमा एमसीसी सम्झौता पार्टी केन्द्रीय समितिमा छलफल नगरी एकतर्फी ढंगले नेतृत्वले पारित गरेकोमा चर्को असन्तुष्टी देखिन्छ । जारी केन्द्रीय समितिको बैठकमा उक्त विषयले निकै चर्चा पाएको छ ।

अर्कोतर्फ पार्टीले महाधिवेशन समापन गरेको तीन महिना बित्नलाग्दा समेत अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन । यी लगायतका विषयमा छलफल गर्न खुमलटारमा कुदाकुद भएको स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा