नेकपा एमालेका सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा नकपा एमाले पार्टीले जित्न जरुरी रहेको बताउदै अरु पार्टीले जनताको हितमा काम गर्न नसक्ने बताएका छन् ।
सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न एमाले एक्लै तयार रहेको समेत बताएका छन् । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्नै पर्ने उनको तर्क थियो ।
हिजो काठमाडौंमा आयोजित भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरू एमालेसँग एक्लै भिड्न डराएको जिकिर समेत गरेका छन् ।
सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुन सिंगो पार्टी लाग्नुपर्नेमा जोड दिदै निर्वाचन एमालेकै पक्षमा आउने दावी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।