मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

दमौलीमा आगलागी, आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित


  • आइतबार, फाल्गुन २२ २०७८
7.1K
SHARES

तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।  आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा