आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्डको कानमा पर्यो एमसीसीबारे नयाँ सूचना


  • आइतबार, फाल्गुन २२ २०७८
8.1K
SHARES

फाइल तस्विर

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गरेपछि घेराबन्दीमा परेका प्रचण्डले नयाँ सूचना प्राप्त गरेका छन् । संशोधन विनानै पास गर्न दवाव दिएको अमेरिकालाई एकलौटी भएपनि व्याख्यात्मक घोषणाबाट एमसीसी पास गराएका प्रचण्डलाई नयाँ सूचना प्राप्त भएको हो ।

प्रचण्डले ल्याएको व्याख्यात्मक घोषणा स्वीकार गरेको अमेरिकी दूतावासले प्रचण्डलाई सूचना दिएको हो । दूतावासले अमेरिकाको परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालय अन्तरगतको एमसीसी कार्यालयले व्याख्यात्मक घोषणा स्वीकार गरेको सूचनामा प्रचण्डलाई दिएको हो ।

व्याख्यात्मक घोषणा स्वीकार गरेपछि प्रचण्ड आफ्नो जित भएको भन्दै निटतस्थसँग बताउने गरेका छन् । प्रचण्डले अमेरिकासँग मात्रै होइन नेपालमा पनि गठबन्धन रक्षा गरेर ठूलो सफलता प्राप्त गरेको बताउने गरेका छन् ।

त्यही कारण देशभरका नेताकार्यकर्ताहरुलाई हौस्याउने गरी प्रचण्डले आगामी चुनावमा माओवादी दोश्रो ठूलो दल हुने बताउन थालेका छन् । दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो काङ्ग्रेस हुने र दोस्रोमा माओवादी हुने आकलन भएको आफूले सूचना पाएको बताए।

‘पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ, दोस्रोमा माओवादी केन्द्र छ तर हामी पहिलो दल बन्नु पर्छ, त्यो संभावना छ,’ प्रचण्डले बने।

संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए।

शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा सबैभन्दा पहिले रिपोर्टिङ गरिरहेका छन्।

यस्तै प्रचण्डले आफूविरुद्धका मुद्दाहरु व्युँतिने खतरा रहेको बताएका छन्। राष्ट्रियसभा गृहमा आजदेखि भइरहेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमसीसी अनुमोदन नगरेको भए सशस्त्र जनयुद्धका बेला लागेका मुद्दाहरु व्युँतिने खतरा रहेको बताए।

अमेरिका धेरै शक्तिशाली राष्ट्र हो। अमेरिकासँग लड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन। यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मुद्दाहरु व्युँतिने खतरा थियो, ब्रिफिङका क्रममा उनले भने।

एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने प्रचण्डले बताए। मैमाथि १८–१९ मुद्दाहरु छन्। अन्य कमरेडहरुविरुद्ध पनि मुद्दाहरु छन्। एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो, उनले भने।

यस्तै प्रचण्डले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको खुलासा गरेका छन्।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको प्रस्ट्याए।

एमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको थियो। एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो।

एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं, प्रचण्डले आजदेखि राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा भने।

उनले गठबन्धन बचाएर एमालेलाई फेरि कर्नरुमा पुर्‍याइदिएको दाबी गरे। एमसीसी अनुमोदन गर्ने सहमति नभएको भए गठबन्धन टुट्थ्यो। तर एमालेको प्रयास विफल पारेर फेरि कर्नरमा पुर्‍याइदियौं, उनले भने।

बैठकमा एमसीसी अनुमोदन र पार्टीभित्र सिर्जना भएको आन्तरिक द्वन्द्व र पदाधिकारी चयनबारे पनि छलफल हुने बताइएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा