आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको प्रचण्डले नै होः हिमाल शर्मा


  • शनिबार, फाल्गुन २१ २०७८
14.6K
SHARES

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर गरेका छन् ।

प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “महाधिवेशनको लाइन परिमार्जन सहित पास गर्ने भन्ने थियो ।

पार्टी अध्यक्ष प्रचण्डले पनि एमसीसी जस्ताको तस्तै पास नहोस् भन्ने नै चाहनुभएको थियो । तर, फेल गराउने गणित हामीसँग थिएन । त्यस अवस्थामा व्याख्यात्मक घोषणा गरेर हामीले नेपालको शिर ठाडो पारी यी बुँदा मान्छौं, यी बुँदा मान्दैनौं भनेर हाइसाउन्डिङ गरेका छौं ।

एमसीसीमा माओवादीले जित्यो भन्ने होइन । तर राष्ट्रघातबाट बचाएको त प्रचण्डले होइन र रु के हामी चोरलाई साँचो दिएर खेततिर घाँस काट्न जान हुन्थ्यो त रु”

१२ बुँदे व्याख्यात्मक घोषणा साबुन पानीको फोका नभएको उनले दाबी गरे । शर्माले थपे, “हाम्रो कारण एमससी फेल नहुने भएपछि हामीले १२ बुँदेको विकल्प रोज्यौं र नेपालको इज्जत जोगायौं ।

एमसीसी जस्ताको तस्तै पास हुन पाएन । १२ बुँदे व्याख्यात्मक घोषणा साबुन पानीको फोका होइन किनभने यो सार्वभौम सपन्न संसद्बाट पास भएको कुरा हो ।

सबैलाई थाहा छ, कांग्रेस र एमाले हुबहु पास गर्न तयार थिए । केपी ओली त एमसीसीमा निधारले पनि छाप हान्ने भन्नुभएको थियो ।”

नेत्रविक्रम चन्द ९विप्लव० ले खुलामञ्चको विरोध सभामा नगएर नारायणकाजी श्रेष्ठ पार्टी एकता बचाउन लागिपरेको पनि उनको जिकिर छ । शर्माले भने, “उहाँ हाम्रो पार्टीमा प्रचण्डपछिको दोस्रो नेता हो ।

उहाँले केन्द्रीय समितिको बैठकमा पार्टी छाडेर गए पनि हुन्छ भन्दा चित्त दुःख्यो तर पार्टी फुटाउन लाग्दिन भन्नुभयो । उहाँलाई विप्लवले खुलामञ्चको विरोध सभामा आउनोस् भन्नुभएको थियो । तर उहाँ पार्टी एकताको निम्ति जानुभएन ।”

पार्टीको पदाधिकारीमा सहमति नभए प्रतिस्पर्धामा जानुपर्ने नेता शर्माको भनाइ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा