शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुसलाई तह लगाउन युक्रेनमा नेटो सेनाले गर्यो ईन्ट्री ? रुस नै यसो भन्न थाल्यो !


  • शनिबार, फाल्गुन २१ २०७८
12.1K
SHARES

फाइल तस्विर

काठमाडौं । यतिबेला सारा विश्वको ध्यान रुस र युक्रेनबीचको तनावतर्फ मोडिएको छ । यही बेला रुस र युक्रेनबीच युद्ध जारी रहेका बेला नेटो सेनाको नाम चर्चामा आएको हो ।

अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन आवद्ध हुन खोज्दा आक्रोशित रुसले आक्रमण गरेको पृष्ठभूमिमा रुसलाई ठेगान लगाउन नेटो सेना युक्रेनभित्र घुसिसकेको दाबी गरिएको छ ।

रुसको गुप्तचर निकायले नेटो सेनाका आतंककारीहरू युक्रेनमा प्रवेश गरेर रुसविरुद्ध रणनीति बनाइरहेका दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धमा सहयोग गर्न अमेरिका, नेटो लगायत अन्तर्राष्ट्रिय निकायलाई आह्वान गर्दै आएका छन् ।

युक्रेन नेटो गठबन्धनमा आवद्ध भएमा आफू अप्ठ्यारोमा पर्ने डरले रुसले युद्ध शुरू गरेको हो । रुसले लगातार आक्रमण गरिराख्दा समेत युक्रेन डटेर प्रतिरक्षा गरिरहेको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको हत्या गर्न रुसले छुट्टै टोली परिचालन गरेको रिपोर्ट समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

राष्ट्रपति जेलेन्स्कीलाई मार्न ३ पटक गरिएका प्रयास असफल भइसकेका र जेलेन्स्की कहाँ लुके भनेर रुसी सेनाले पत्ता लगाउन नसकेका रिपोर्टमा उल्लेख छ ।

यस्तै यता फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदम प्रस्ताव गर्ने भएको छ । एलिसी दरबारले शुक्रबार दिएको जानकारीअनुसार पेरिसले त्यसको तयारी गरिरहेको छ ।

युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरू जापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा रहेको पाँचौं प्लान्ट हाल सिल गरिएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निर्देशकसँग भेट गरेको उल्लेख गर्दै एलिसी दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ

‘केही घण्टामा फ्रान्सले प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुहरूको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारहरूलाई ठोस उपायहरू प्रस्ताव गर्नेछ।’ यो समाचार विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा