आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पुटिन ब्याक भएपछि अमेरिकाले फेरि उक्सायो युक्रेनलाई, अब के गर्लान् जेलेनेस्की ?


  • शनिबार, फाल्गुन २१ २०७८
13.6K
SHARES

फाइल तस्विर

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुससँगको जारी युद्ध युक्रेनले जित्ने दावी गरेका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले युक्रेनले युद्ध जित्छ भन्ने आफूलाई विश्वास भएको बताए ।

उनले भने ‘यदि रुसको उद्देश्य युक्रेनको सरकार ढलाएर त्यहाँ आफ्नो कठपुतली सरकार बनाउने हो भने साढे ४ करोड युक्रेनीले यसलाई स्वीकार गर्ने छैनन् ।’

ब्लिंकनले यो युद्ध सम्भवतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो सोचेका थिए त्यस्तो नभएको बताए । उनले युक्रेनी सेनाको तर्फबाट पाएको टक्करका कारण रुसको सेनाले ९ दिनमा पनि युक्रेनमा कब्जा गर्न नसकेको बताए ।

ब्लिंकेनले आफ्नो ६ दिने युरोप भ्रमणको पहिलो दिन बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डेलसँग कुरा गरेका हुन् ।

युक्रेनले युद्ध जित्छ भन्ने भरोसा छ ? भन्ने प्रश्नमा ब्लिंकेनले भने ‘बिल्कुल, समयको साथमा । म तपाइँलाई यो भन्न सक्दिन कि युद्ध कहिलेसम्म चल्छ । यो पनि बताउन सक्दिन कि यसमा कति समय लाग्छ ।

तर रुसविरुद्ध साढे ४ करोड युक्रेनी आफ्नो स्वतन्त्रता र भविष्यको लागि लडिरहेका छन् । एक यस्तो युक्रेनको लागि लडाइँ जारी छ जसमा रुसको दखल नहोस् । यसले आफैंमा धेरै कुरा भन्छ ।’

युद्ध समाप्त गर्नको लागि अमेरिका रुसमा सत्ता परिवर्तन गर्न चाहन्छ ? भन्ने प्रश्नको जवाफमा ब्लिंकेनले भने ‘हामी यो चाहँदैनौं र कुनै पनि स्थितिमा हामीले यो तय गर्न पनि सक्दैनौं । रुसका जनताले आफ्नो नेतृत्व तय गर्नुपर्ने आवश्यकता छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा