काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्मा ‘प्रकाण्ड’ ले आफूहरुले आयोजना गरेको एमसीसी विरोधी सभामा जनताको उल्लेख्य सहभागिता रहेको दाबी गरेका छन् ।
उनले हिजोको खुल्लामञ्चको विरोधसभामा उत्साहजनक सहभागिता रहेको सुनाउँदै आफूहरु एमसीसी खारेज गराएरै छाड्ने दाबी गरे । उनले हिजोको सभामा १५ हजारभन्दा बढिको सहभागिता रहेको जिकिर गरे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसीविरोधी आन्दोलनमा जनताले आफूहरुलाई साथ दिने सुनाए ।
उनले एमसीसीको विरोध प्रत्येक गाउँ र टोलमा रहेको दाबी गरे । विश्वकर्माले आफ्नो पार्टीले देश र जनताको मुद्दा बोकेर हिँडिरहेको सुनाए।
अहिले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमालेको टाङमा र कहिले कांग्रेसको टाङमा पुगेको पनि आरोप लगाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।