आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

चुनावमा एमालेलाई सोत्तर पार्न प्रचण्डले सुनाए नयाँ प्रस्ताव, कांग्रेसमा छायो खुशीयाली


  • शनिबार, फाल्गुन २१ २०७८
9.2K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावि गठबन्धनका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन् । एमसीसी पारित गरेर सत्ता गठबन्धन जोगाउन सकिएकोमा खुशी भएका प्रचण्डले अर्को विजयका लागि नयाँ प्रस्ताव पेश गरेका हुन् ।

प्रचण्डले गठबन्धन कायमै राख्दा स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्ने आँकलन सुनाएपछि केन्द्रीय समिति बैठकमा खुशीयाली छाएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले कांग्रेससँग गठबन्धन गरेर जाँदा एमालेभन्दा ठूलो दल बन्ने दावी गरेका हुन् ।

कांग्रेसको जनमत विभाजित नभएकाले पहिलो बन्ने अवस्था नरहे पनि एमालेको तिकडम रोक्न सक्दा दोस्रो पार्टी बन्ने रिपोर्ट प्राप्त भएको प्रचण्डले बताए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तहमा विगतमा जुन पार्टीले जितेको हो उसैलाई सघाएर एमालेले जितेका स्थानीय तहमा तालमेल गर्ने प्रस्ताव सत्ता गठबन्धनमा राखेको जानकारी दिएको एक केन्द्रीय सदस्यले बताए ।

तर गठबन्धनप्रति कांग्रेसभित्र एकमत नरहेको प्रचण्डले बताएका छन् । बिहीबारको बैठकमा पनि प्रचण्ड र माधव नेपालले स्थानीय तहमा गठबन्धनको मोडालिटीबारे कुरा उठाउँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाले विषयमा प्रवेश नगरेको बताइएको छ ।

कांग्रेसलाई चुनावी गठबन्धनमा ल्याउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले वैशाख ३० मा हुने स्थानीय चुनावमा आमरुपमै सत्ता गठबन्धन मिलेर जाने प्रस्ताव राखेका छन् । उनको प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवले पनि साथ दिएका छन् ।

उनीहरुले गठबन्धनको नीतिगत निर्णय र भागबण्डा समेत केन्द्रबाटै हुनुपर्ने बताएका छन् ।

कांग्रेस सहमत भइनसकेको गठबन्धनको मोडालिटी अनुसार प्रचण्डले बिगतमा कांग्रेस र माओवादी तथा जसपाले जितेका स्थानीय तहमा गठबन्धनका दलले सोही दललाई सघाउने भन्नेछ । नेकपा एसमा लागेका जनप्रतिनिधिलाई गठबन्धनले सघाउने प्रस्ताव राखिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा प्रमुख र ३३३ स्थानीय तहमा उपप्रमुख जितेर पहिलो बनेको एमालेलाई यसपटक रोक्नका लागि उसले जितेका ठाउँमा गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव छ ।

माओवादी बैठकमा उनले सुनाए अनुसार एमालेले जितेका स्थानीय तहमा निकटम प्रतिद्धन्द्धी जुन दल थियो उसलाई प्रमुख र तेस्रोलाई उपप्रमुख दिएर गठबन्धन गर्न सकिन्छ । त्यसो हुँदा एमालेलाई परास्त गरेर माओवादी दोस्रो दल बन्ने आँकलन प्रचण्डको छ ।

प्रचण्डको यो प्रस्ताव सुनपछि प्रधानमन्त्री देउवा प्रसन्न भएको बालुवाटार श्रोतको भनाई छ । एक्लै चुनावमा जाँदा बढि फाइदा हुन्छकी गठबन्धन बनाएर जाँदा फाइदा हुन्छ, त्यसको विश्लेषण गरेर देउवाले पनि रणनीति बनाउने बताईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा