शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस र कम्युनिस्ट भनिने नेता मिलेर देशलाई संसदबाट बेच्न खोजे : विप्लव


  • शुक्रबार, फाल्गुन २० २०७८
10K
SHARES

फाइल तस्विर

नेकपाका महासचिव नेत्रविक्रम चन्दले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप आरोप लगाउदै राष्ट्रबादी नेपाललीले देशको रक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित एमसीसी बिरोध सभालाई सम्बोधन गर्दै माहासचिव विप्लवले कांग्रेस र कम्युनिस्ट भनिने नेताले देशलाई संसदबाट बेचिरहेका आरोप लगाएका हुन्।

कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेचिरहेका छन् । एमसीसीको विरुद्धमा बोल्दा हामीलाई प्रतिबन्ध थियो । अरबौं रुपैयाँ ठगविरुद्ध नारा लगाएका थियौं ,’उनले भने,’ एमसीसी अनुदान होइन, घातक अतिक्रमण हो ।’

सन्धी सम्झौताका नाममा अमेरिकाले नेपालमाथि हमला गरेको उनले बताए। ‘एमसीसी भूमण्डलीकृत साम्राज्यवादको आयाम भएको समेत उनको ठोकुवा थियो ।

नेपालमाथि अमेरिकाले हस्तक्षेप गर्न चाहन्छ,’ उनले भने,’ ‘फागुन १५ लाई कालो दिनको छाप छोडेर गएका छन् । एमसीसीले राष्ट्रिय स्वाधिनतामाथि घात गर्छ । एमसीसी राष्ट्र र जनतामाथि घात हो ।

एमसीसी सदनबाट पास गरिए पछि साना कम्युनिस्ट दलहरूले आज विरोध सभा गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा