आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पुटिनलाई बल्ल लाग्यो हाइभोल्टेजको झट्का, युक्रेनी सेनाले ढाल्यो रुसको बलियो खम्बा !


  • शुक्रबार, फाल्गुन २० २०७८
19.2K
SHARES

फाईल तस्बिर

काठमाडौं । युक्रेनले राजधानी किभबाट करिब ४८ किलोमिटर पर रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको गोली हानी हत्या गरिदिएका छन्।

युद्धबीच सुखोवत्स्कीको हत्या रुसका लागि ठूलो झट्का मानिएको छ। रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृत्युको पुष्टि गरेको छैन।

रुसको सैन्य सुत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि युक्रेनी स्नाइपरले गोली हानेका थिए।

उनको अन्तिम संस्कार शनिवार गरिनेछ। सुखोवेत्स्की ४७ वर्षका थिए। उनले एक सैन्य एकाडेमीमा उत्तीर्ण भएपछि प्लाटुन कमान्डरका रुपमा सेवा सुरु गरेका थिए।

अहिले उनी रूसी सेन्ट्रल फोर्सको ४१ औँ बटालियनका डेपुटी कमाण्डर पदमा तैनाथ थिए।

युक्रेनमा हमलाको ९ दिन बित्दा रुसका ४९० बढी सेना मारिएका छन्। रूसी रक्षा मन्त्रालयले बिहीबार ४९८ सैनिक मारिएको पुष्टि गरेको थियो।

उता युक्रेनी सञ्चारमाध्यमले भने रुसका ९ हजार बढी सैनिक मारिएको दाबी गरेको छ। तर यसको स्वतन्त्र पुष्टि भएको छैन। अर्कतिर युक्रेनका २८ सय सैनिक मारिएको बताइएको छ।

अहिले रूसी सेनाले युक्रेनको राजधानी किभसहित कयौँ स्थानलाई घेराबन्दी गरेको छ। खेर्सान सहर कब्जा गरेको छ भने खार्किभ पनि नियन्त्रण नजिक पुगेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार रुस अब ब्ल्याक सागर नजिक रहेको माइकोलोभ शहरमाथि आक्रमण तयारीमा छ। यहाँको एक कोस्टगार्ड रूसी सेनाको निशानामा छ। –एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा