शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बलात्कारमा दोषी ठहरिए पल शाहलाई कति हुन्छ सजाय, कसरी अघि बढ्छ प्रक्रिया ? (भिडिओ)


  • शुक्रबार, फाल्गुन २० २०७८
20.1K
SHARES

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

तनुहँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। बलात्कारको घटनामा पीडित नाबालिग गायिका भए पनि सामाजिक सञ्जाल र युट्युबमा पीडितलाई थप पीडा दिने अभिव्यक्तिहरू आइराखेका छन्। उनको फोटो राखिएका छन्।

अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भइरहेको नाराबाजीको घटनामा संलग्नलाई कारबाही हुने कानुनी आधार रहेको बताउँछिन्।

ुपीडित नाबालकलाई झन् त्रसित बनाउने या आत्महत्यासमेत गर्न बाध्य पार्नेसम्मको प्रदर्शनमा कुरा उठेका छन्ु, खतिवडाले भनिन्, ुजुनकुरा गैरकानुनी हो। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर हो। पीडित परिवारले कानुनी उपचारमा जाने कुरा गर्नु भएको छ।ु

अभिनेता शाहले १४ वर्ष ८ महिनाकी नाबालिगलाई बलात्कार गरेकाले शाहलाई १२ देखि १४ वर्षको सजाय हुनसक्ने उनले बताइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा