शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मैले भावावेशमा भनेको हैन, एमसीसी खारेज भएन भने नेपाल सिरिया र अफगानिस्थान जस्तो बन्छ : केसी


  • शुक्रबार, फाल्गुन २० २०७८
8.2K
SHARES

फाईल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कुनै पनि हालतमा खारेज गर्नु पर्ने बताएका छन् । उनले एमसीसी खारेज गरेर जनतालाई राहत दिनु पर्ने उनको जोड छ ।

एमसीसी सम्झौता विरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसी नेपाली जनताको हितमा नरहेको समेत प्रस्ट पारेका छन् । एमसीसी लागु गर्ने हो भने नेपाल अफगानिस्तान र सिरिया जस्तो बन्ने बताएका थिए ।

उनले एससीसी लाई व्याख्यात्मक टिप्पणी सहितको बहाना बनाएर नेपाली जनतालाई शासकले ढाटेको समेत प्रस्ट पारेका थिए । एमसीसी पारित भएको तर यसलाई खारेज गर्नु पर्ने नेता केसीको दाबी थियो ।

एमसीसी पास गराएर विदेशी प्रभुको सरणमा पुगेर चुनाव जित्ने र जनतालाई ढाँट्ने काम शासकले गरेको केसीको भनाई थियो । एमसीसीलाई खारेज गर्नुपर्ने उनको भनाई थियो ।

खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा