शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बजारमा इन्धन अभाव सृजना हुनसक्ने, कमिसन काटिएपछि पम्पहरूले निगमसँग इन्धन किन्न छाडे


  • शुक्रबार, फाल्गुन २० २०७८
8.8K
SHARES

फाइल तस्विर

देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् । नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, आज निगमका डिपोबाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो ।

व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएको छ, निगमको डिपोबाट इन्धन उठेको छैन्,’ प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’

काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ । यस अघि बिक्री भएको इन्धन सकिएपछि बजारमा अभाव सृजना हुने देखिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा