काठमाडौँ – नावालिग किशोरीलाई करणी गरेको आरोपमा अभिनेता पल शाह अहिले दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । प्रहरीमा जाहेरी परेपछि आफैं सम्पर्कमा पुगेका शाहलाई आइतबार दिउँसोदेखि हिरासतमा छन् । अदालतबाट एक हप्लाको म्याद थप गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
६ दिनयता अँध्यारो हिरासतको भुइँमा अन्य थुनुवासरह पल शाहको जिन्दगी व्यत्तित भइरहेको छ । उनी बसेको पुरुष थुनुवा थुनिने हिरासतमा अहिले थप तीनजना थुनुवा छन्। कर्तव्य ज्यान मुद्दाका दुर्गाबहादुर परियार, लागु पदार्थ दुर्व्यसनको मुद्दामा अनुसन्धारत सुन्दर विक, सवारी ज्यान मुद्दा खेपिरहेका चालक लिला बहादुर सुनुवार।
परियार तनहुँस्थित व्यासकै एक व्यक्तिलाई आक्रमण गरेर लुटेको अभियोगमा पक्राउ परेका हुन् । अहिले उनीहरु पनि पलको साथी भएका छन् ।
हिरासतमा संगै बसेपनि पल अरु थुनुवाहरुसँग खासै गफिएका छैनन्, जतिखेर पनि झोक्राइरहेको प्रहरीको भनाई छ । ‘आफूमाथि लागेको कसुरबारे पनि खासै कुरा गर्न चाहँदैनन्। अब त बाहिरबाट भेट्न आउने मान्छेसँग पनि झर्को मान्न थालेका छन्। आमा बुबाबाहेक अरुसँग भेट्दिन भन्न थालिसके।’ प्रहरी श्रोतले भन्यो ।
यतिखेर फिल्म हलहरुमा पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ चलिरहेको छ। फिल्मका निर्देशक सुदर्शन थापा मंगलबार दिउँसो ‘भाइ भेट्न’ भन्दै श्रीमती सुप्रिया कटुवालसँगै उनी दमौली आइपुगेका थिए।
दुवैले हिरासतभित्र रहेका पललाई भेटेपछि बाहिर मिडियासँग ‘पल कन्फिडेन्ट रहेको’ प्रतिक्रिया दिए। तर, प्रहरी स्रोत भन्छ, ‘उनी बाहिर भनिएजस्तो कन्फिडेन्ट देखिँदैनन। पूरै निराश छन्। जतिखेर पनि झोक्राइरहन्छन्।’
प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै प्रहरीसँग एकपटक दर्शकसँग आफ्नो फिल्म हेर्ने प्रबन्ध मिलाइदिन अनुरोध गरेका थिए। उनको आग्रह थियो– ‘नेपाली फिल्म दर्शकसँग बसेर हेर्ने तीन–चार वर्षदेखिको सपना थियो। मैले सुनेअनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको छ रे।
त्यसमा खुसी लागेको छ। मेरो एउटा इच्छा छ। अब सम्भव हुन्छ कि हुँदैन, एकचोटि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु २’ हेर्न चाहन्छु। सम्भव भयो भने एकचोटिलाई यो मौका मिलाइदिनु होला।’
उनले भिडियोमार्फत राखेको यो आग्रह प्रहरी कार्यालय पुगेपछि पनि राखे तरु जवाफमा डीएसपी खड्काले हाँस्दै जवाफ फर्काए, ‘हामीसँग त त्यस्तो भनेका छैनन्। भने पनि त्यो सम्भव कुरा होइन।’ हिरासतमा रहेको आज शुक्रबार छैटौं दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा अलग्गै राखेर अनुसन्धान गरिएको होला।
जबरजस्ती करणी गम्भिर प्रकृतिको मुद्दा हो। यस्तो अभियोगमा हिरासत परेका अभियुक्तले त्यस्तो आग्रह गर्नु आफैंमा हास्यास्पद रहेको उनको आशय थियो।
धेरैलाई लागेको हुनसक्छ, ‘पल शाह त हिरो हुन्, उनलाई हिरासतभित्र पनि ‘भीआईपी खाना’ खुवाइएको होला या बाहिरबाट ल्याउने सुविधा दिइएको होला।’ तर, प्रवक्ता डीएसपी युवराज खड्काका अनुसार अरु थुनुवालाई जे खुवाइन्छ, उनलाई पनि त्यही खाना दिइन्छ। ‘कोभिडका कारण बाहिरबाट खाना ल्याउन दिएका छैनौं,’ उनले भने।
पलले नाबालिग किशोरीमाथि विभिन्न प्रलोभन देखाएर पटकपटक जबरजस्ती करणी गरेको आरोप छ। पीडित परिवारले उनीमाथि जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरको इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएको छ। दुवै स्थानमा शारीरिक शोषण भएकाले दुवैतिर जाहेरी दिइएको बुझिएको छ।
पलविरुद्ध परेको जाहेरीमा उनले विभिन्न स्थानमा गरेको यौन शोषण मितिसहित उल्लेख गरिएको छ। पीडित परिवारले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जबरजस्ती करणी गरेको उल्लेख छ।
पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जसबसरजस्ती कसरणी गर्न खोजेको आरोप पनि जाहेरीमा लगाइएको छ।
पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंग चलाउने, जिस्क्याउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई र कृष्ण जोशी पनि थिए।
त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाई ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जसबसरजस्ती कसरणी गरेको आरोप पनि जाहेरीमा लगाइएको छ।
गैँडाकोट प्रहरीमा उजुरी दिनुको कारणचाहिँ गैँडाकोट रिसोर्टमा भएको घटना हो। पीडितले गैँडाकोट प्रहरीसमक्ष दिएको जाहेरीमा आफूमाथि पलले ०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक जसब’सरजस्ती कसरणी गरेको आरोप छ। जाहेरी पत्रअनुसार त्यहाँ उनीहरु गीतको सुटिङका लागि पुगेका थिए, त्यो पनि एक दिनका लागि मात्रै। तर, पलले सुटिङ पाँच दिनसम्म लम्ब्याई जसबरसजस्ती कसरणी गरेको आरोप पीडितले लगाएका छन्।
प्रहरीका अनुसार यो मुद्दामा पल र पीडितको बयान अनुसन्धानको प्रमुख आधार त हुन्छ नै, सँगसँगै घटना अलि पुरानो भएकाले प्रहरीले परिस्थितिजन्य प्रमाणलाई नै अनुसन्धानको मुख्य आधार बनाउनेछ। पलले नाबालिग किशोरीसँग यौसनजसन्य गतिविधि स्वीकार गरेको अडियोलाई पनि प्रहरीले ल्याबमा जाँच गरेर प्रमाणका रुपमा पेश गर्ने तयारी छ। त्यस्तै, अनुसन्धानका क्रममा प्रहरीले घटना भएको स्थान, त्यहाँ उपस्थित भएका मान्छेसँग पनि बयान लिइरहेको छ।
सजाय के हुन सक्छ ?
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेकी बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौसन क्रियाकलाप गरेको देखिएमा जसबरसजसस्ती कसरणी मानिने व्यवस्था छ। दफा २१९ (२) मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जसवसर्जस्ती कसरणी गरेको मानिन्छ।’
अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौसन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ। ‘त्यसैले पलले पीडित किशोरीमाथि शारीरिक ससम्पसर्क राखेको प्रमाणित भयो भने उनीमाथि कानुनमा व्यवस्था भएअनुसार यो सजाय हुनसक्छ,’ उनले भने।