शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पल प्रकरणमा बोलिन् प्रियंका कार्की, दिइन् अहिलेसम्मकै कडा प्रतिक्रिया !


  • बिहिबार, फाल्गुन १९ २०७८
10.1K
SHARES

फाइल तस्विर

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् । यसै प्रकरणमा बोल्दै नायिक प्रियंका कार्कीले दुःख व्यक्त गरेकी छिन् । उनी भन्छिन्,हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा