शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दुई हप्ता मै बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • बिहिबार, फाल्गुन १९ २०७८
8.3K
SHARES

फाइल तस्विर

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ ।

डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

यसैगरी निगमले स्थायी कर्मचारीलाई दिँदै आएकाे पाेसाक संरक्षण भत्ता पनि स्थगित गरेकाे छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा