आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

नेपालले एक्लौटी गरेर एमसीसी पास गराएपछि खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता हुँदै ?


  • बिहिबार, फाल्गुन १९ २०७८
10K
SHARES

फाइल तस्विर

पार्टी भित्रको बिबाद सतहमा आएसँगै माधब नेपाल नेतृत्वको नेकपा एस पार्टी फुटको संघारमा पुगेको छ ।

एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास भएसँगै एकीकृत समाजवादीका नेता झलनाथ खनालले छुट्टै पार्टी गठनको तयारी अगाडि बढाएका छन् । उनले ब्याख्यात्मक टिप्पणीप्रति असहमति जनाउँदै आएका छन्।

ब्याख्यात्मक टिप्पणीलाई नेपाली जनतालाई थाङ्नामा सुताउने झुटको पुलिन्दा भएको संज्ञा दिँदै उनले आफ्नै पार्टी नेकपा एकीकृत समाजवादीलेसमेत घात गरेको निष्कर्षसहित नयाँ पार्टी गठनको तयारी गरेका हुन् ।

तत्कालीन नेकपाका उपाध्यक्षसमेत रहेका बामदेव गौतम पनि एमसीसी पारित गर्ने निर्णयको बिपक्षमा रहेका छन्। उनले बारम्बार विज्ञप्तिमार्फत एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गर्दै आएका थिए।

एमालेका नेता भिम रावल एमसीसीका कट्टर बिरोधीका रुपमा परिचित छन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमसीसी र पार्टी हित बिपरितका गतिबिधि गर्दै हिरो बन्न खोजेको आरोप लगाएका छन्।

अब नेपालको राजनीतिमा एमसीसी बिरोधीहरुको नयाँ शक्ति बन्ने संभावना प्रवल रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

स्रोतका अनुसार झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ पार्टीमा वामदेव गौतम, भीम रावल, घनश्याम भुसाललगायत नेताहरु रहनेछन् । खनाल नेतृत्वको नयाँ पार्टीको वरिष्ठ नेतामा वामदेव गौतम, वरिष्ठ उपाध्यक्षमा भीम रावल । महासचिवमा घनश्याम भुसालको चर्चा रहेको छ ।

यस्तै एकीकृत समाजवादीमा रहेका एमसीसी विरोधी नेताहरु पनि नयाँ पार्टीमा सामेल हुनेछन् । नेकपा एमालेमा रहेका अधिकांस एमसीसी विरोधी नेताहरुलाई लिएर नयाँ पार्टी दर्ताको तयारी भएको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा