आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस


  • बिहिबार, फाल्गुन १९ २०७८
7.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा तदर्थ समिति गठन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेअनुसार कांग्रेस ती भ्रातृ संगठनहरूलाई नेतृत्व दिन अघि बढेको हो ।

विशेषगरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ ती संगठनहरूमा नयाँ नेतृत्वको तयारी थालिएको छ ।

यी भ्रातृ संगठनहरूलाई कांग्रेसको प्रभावशाली संगठनका रूपमा लिइन्छ ।

तरुण दलमा ४५ वर्ष र नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्थाअनुरूप नयाँ कार्यसमिति गठन गर्ने तयारी कांग्रेसको छ ।

राजधानी दैनिकबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा