एजेन्सी । रुसले भारतले युक्रेन संकटमा सन्तुलित व्यवहार देखाएको भन्दै आभार प्रकट गरेको छ ।
उसले भारतले युक्रेन संकटको गहिराई बुझेको टिप्पणी गरेको छ ।
नयाँ दिल्लीमा रुसका राजदूत डेनिस एलिपोभले बुधबार बोल्दै संयुक्त राष्ट्रसंघमा भारतको सन्तुलित अवस्थाप्रति आभार प्रकट गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनले भने,‘भारत हाम्रो रणनीतिक साझेदार हो ।’
भारतले २५ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमा रुसी आक्रमणको भत्र्सना गर्ने प्रस्ताव आउँदा असंलग्नता देखाएको थियो ।
भारतले संवादबाट समस्याको समाधानमा जोड दियो ।
युक्रेन हमलापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद गरिसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।