संसदबाट एमसीसी पारित भए पछि नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल गम्भिर नैतिक संकटमा परेका छन् । माओवादी केन्द्रलेनै एमसीसी पारित गराए पछि उनी नैतिक संकटमा परेका हुन् ।
एमसीसी विरुद्ध माओवादी केन्द्र भित्र बहस सुरुवात गराउँने जस पोखरेललाईनै जान्छ । तत्कालिन नेकपाकै समय देखी पार्टी भित्रै एमसीसी विरोधी अभियान चलाएका पोखेरेल एमसीसीको सन्दर्भमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाले गरेको एक निर्णयमा नोट अफ डिसेन्ट राख्ने एक मात्रै नेता थिए ।
एमसीसी बारे सम्पुर्ण डकुमेन्ट सहित सार्वजनिक रुपमा क्याम्पेनिङ चलाइरहेका नेता पाखेरेल आफेनै पार्टी एमसीसीको पक्षमा पुगे पछि स्तब्ध भएका छन् । एमसीसीलाई इन्डोप्यासिफीक रणनितीको अंगनै भएको र यो अमेरिकी सैन्य रणनितीनै भएको दाबी गर्दै आएका पोखरेलले माओवादी केन्द्रलेनै एमसीसी पारित गराए पछि विखलवन्दमा परेका छन् ।
माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ निकट मानिने पोखरेलले आफ्नो पार्टीले एमसीसी पारित गरेमा आफुले माओवादी केन्द्र परित्याग गर्ने सार्वजनिक घोषणा गरेका थिए । एक टेलिभिजन सँगको अन्तर्वातामा पोखरेलले माओवादी केन्द्रले एमसीसी पारित गराए आफुले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए ।
पोखरेलले माओवादीले एमसीसी पारित गराए पार्टी छोड्छु भनेर घोषणा गरेको क्लिप अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ । पैसाका लागी आमा बेच्नेहरुले मात्रै एमसीसी राम्रो भन्न सक्ने र एमसीसी बोक्नेहरु सबै साम्राज्यवादका दलाल हुन भनेर बोल्दै आएका पोखरेलले एमसीसी पारित भए पछि खासै सार्र्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
एमसीसी पास भएको भोलिपल्ट दिनभर पोखरेल मोवाइलको स्विचअफ गरेर बसेका थिए । ओटिभी नेपाल डट कमले पटक पटक टेलिफोन गरेर प्रतिक्रिया लिन खोज्दा पनि सम्पर्क स्थापित हुन सकेको छैन । अहिले पनी मिडियामा बोल्नबाट टाढै बस्दै आएका उनको मोवाइल स्विच अन भए पनि फोन उठ्न छोडेको छ ।
स्रोतले ओटिभी नेपाल डटकमलाई दिएको जानकारी अनुसार नारायणकाजी श्रेष्ठ सहित व्याख्यात्मक घोषणाको औचित्य छैन भन्ने लाइनमा रहेका नेताहरु माओवादी केन्द्र बाट विद्रोह गर्ने मुडमा पुगेका छन् । लिलामणी सहित गिरिराजमणी पोखरेल ,अन्जना विसूंखे लगायतका नेताहरु अब माओवादी केन्द्रमा प्रचण्ड सँग टासिँन नहुने निष्कर्षमा पुगेका छन् ।
स्रोतले दाबी गर्दै ओटिभी नेपाललाई दिएको सुचना अनुसार लिलामणी पोखरेलले नारायणकाजी श्रेष्ठलाई छिटो निर्णय गर्न सन्देश पठाएका छन् । सामुहिक बिद्रोह गर्न नसक्ने हो भने आफु एक्लै भए पनि माओवादी केन्द्र बाट अलग हुने सन्देश पोखरेलले श्रेष्ठलाई पठाएको बताइएको छ।
रोचक कुरा त के छ भने पोखरेलकै श्रीमती शशि श्रेष्ठ परमादेशबाट बनको देउवा सरकारको मन्त्री रहेकी छिन् । मन्त्री श्रेष्ठले अहिले सम्म एमसीसीको बारेमा कुनै सार्वजनिक अभिव्यक्ति दिएकी छैनन् ।समर्थन या विरोध कुनैमा पनि उनको आवाज सुनिएको छैन ।