शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

किसुनजीको स्मृतीमा दीप प्रज्वलन हुने


  • बुधबार, फाल्गुन १८ २०७८
13.2K
SHARES

फाइल तस्विर

सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ११ औं दीप प्रज्वलन गरिने भएको छ । वार्षिक स्मृतीका दिन बुढानिलकण्ठ मन्दिर परिसरमा नित्य आरती सहित दिप प्रज्जलन गर्न लागिएको हो ।

किसुन प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशको महत्वपूर्ण सहयोगमा यो कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष एवं सो कार्यक्रमका संयोजक बद्रि भट्टराईले बताएका छन ।

खेलकुदको क्षेत्रमा किसुनजीको स्मरणमा विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दे आइरहेको भएपनि बुढानिलण्ठमा दिप प्रज्जवलन पहिलो पटक हुन लागेको हो । कार्यक्रममा उपस्थितीका लागि सबैलाई अनुरोध समेत गरिएको छ । कार्यक्रम शुक्रबार साँझ ६ बजे हुने छ ।

समग्र नेपाली राजनीतिमा किसुनजीको यात्रा, संघर्ष, त्याग अनि समर्पण सदैव एक सम्पति र प्रेरणाका रुपमा रहने भएकाले उहाँ प्रतिको सम्मान स्वयम प्रतिको सम्मान हुने हुँदा यस प्रकारको कार्यक्रम आयोजना गर्नु सबैको साझा दायित्व र कर्तव्य समेत भएको भट्टराईले बताएका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा