आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

केपी ओलीसँग मुखमुखै लागे भिम रावल !


  • बुधबार, फाल्गुन १८ २०७८
8.3K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेता भिम रावलले आत्मप्रचारका लागी अनुशासनहिन गतिविधीगरिरहेको भन्ने आरोप लगाए पछि नेता रावलले पनि ओलीलाई जवाफ फर्काएका छन् ।

एमसीसी लगायतका मुद्धाहरुका बिषयमा एमालेको धारणा स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेता भिम रावलले पार्टी अुनशासनलाई उलंघन गरेर आत्मप्रचारका लागी हिरो बन्न भाषण गर्दै हिँडेको भनेका थिए ओलीले त्यस्तो आरोप लगाए पछि रावलले पनि उनलाई जवाफ दिएका छन् ।

आफुले एमसीसीको विरोध गर्दा मन पोलेको हो भने अध्यक्ष ओलीले पनि एमसीसीको विरोध गरेर महाहिरो बनेको भए आफुलाई खुशि लाग्ने थियो भन्दै रावलले कटाक्ष गरेका छन् । एमसीसीको विरोधमा आफुले गरेको गतिविधीलाई पनि उनले बचाउ गरेका छन् ।

रावलले आफू पार्टी सिद्धान्तअनुरूप अमेरिकी सहयोगको एमसीसी सम्झौताविरुद्ध उभिएको बताएका छन् ।बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले एमसीसी सम्झौताबारे पार्टीले स्पष्ट धारणा बनाएर राष्ट्र हितको पक्षमा उभिन निर्देशित गरेको जनाएका छन् ।

रावलले ट्विटरमा लेखेका छन्, ‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसँगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो ।

म पार्टी सिद्धान्त अनुरूप उभिएको छु । राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’

एमसीसी सम्झौता अनुमोदन भएको दिन आइतवार एमालेले संसद अवरोध गरिरहँदा नेता रावलले एमसीसीविरुद्ध बोलेका थिए । एमालेले आफुले उठाएको मागहरु सम्बोधन नुहुँदा सम्म संसदको कुनै पनि प्रक्रियामा भाग नलिँदै बताउँदै लगातार संसदमा नाराबाजी गर्दै आइरहेको छ तर रावलले भने पार्टी निर्णय विपरित एमसीसीका सन्दर्भमा भएका छलफलमा भाग लिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा