आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

यी हुन् संसद भवन अगाडि बम राख्ने युवा


  • बुधबार, फाल्गुन १८ २०७८
6.9K
SHARES

काठमाडौं – संघीय संसद भवन नयाँ बानेश्वरको मुल गेटअगाडि शंकास्पद प्रेसर कुकर राखेको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष सुवास महत रहेका छन् ।

उनी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गिय संगठन अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष हुन् । शंकास्पद प्रेसर कुकर राखेको आशंकामा महानगरिय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले नेकपाका कार्यकर्ता २१ वर्षीय सुवास महतलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काभ्रे भुम्लो गाउँपालिका २ सिमथली निवासी उनी भर्खरै अनेरास्ववियू क्रान्तिकारी क्याम्पस जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका थिए ।

संसदले एमसीसी पास गरेको विरोधमा भोलिपल्ट आह्वान गरिएको नेपाल बन्दका क्रममा बिहान १० बजे नो एमसीसी लेखिएको विद्युतीय तारजडित प्रेसर कुकर राखिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा कुकरभित्र इँटा र कागजका टुक्रा फेला परेको थियो । बम राख्ने व्यक्ति महतनै हुन् वा अरु नै कोही हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेजका आधारमा मोटरसाइकलमा आएका युवाले उक्त प्रेसर कुकर राखेर भागेको देखिएको थियो ।

यो घटनाले बानेश्वर क्षेत्र करिव तीन घण्टा अशान्त भएको थियो । विप्लव नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरु एमसीसीको विरोधमा संघर्ष गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा