आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

देश जोगाउँन होइन ज्यान जोगाउँन प्रचण्डले एमसीसी पारित गराए: नारायणमान विजुक्छे


  • बुधबार, फाल्गुन १८ २०७८
12K
SHARES

फाइल तस्विर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ‘व्याख्यात्मक’ घोषणाका नाममा एमसीसी पारित गराउँने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् ।

अध्यक्ष विजुक्छेले व्याख्यात्मक घोषणा गर्दैै एमसीसी पास गरेर देशलाई दुर्घटनाबाट बताएको भन्दै भाषण गर्दै हिँडेको प्रचण्डको दाबी पुरै हावादारी दाबी भएको ठोकुवा गरेका छन् । देश जोगाउँन होइन ज्यान जोगाउँन मात्रै प्रचण्डले एमसीसी पास गरेको जिकिर उनले गरेका छन् ।

बिजुक्छेले प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउँदै यदी एमसीसी पास नगरेको भए उनी अमेरिकाको टार्गेटमा पर्ने थिए भनेका छन् । संशोधन र आन्दोलनको नाटक मात्रै माओवादीले बाहिर गरेको आरोप विजुक्छेको छ ।

भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने ‘ युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो’ ।

जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित विपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।

सोही पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद प्रेम सुवालले अमेरिकाको धम्कीको अगाडी थरथर काम्नेहरुले डराएर एमसीसी पास गराएको बताएका छन् । अमेरिकाको धम्कीसँग डराएर एमसीसी पास गराउँनेहरुलाई उनले कायर भनेका छन् ।

अमेरिकाकै कारण युुक्रेनको हालत अहिले यस्तो भएको भन्दै सुवालले कुनै दिन अमेरिकाकै कारण नेपालको हालत पनि युक्रेनको जस्तै हुन सक्ने बताएका छन् । समाजवाद र साम्यवादका लागी लडेको भन्दै कम्युनिष्ट नामधारीहरुनै अमेरिकी साम्राज्यवाद सँग घुँडा टेक्न पुग्नु दुखद भएको सुवालले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा