राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपा त्याग गरेर राप्रपा नेपालको अध्यक्ष बन्न पुगेका कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । कमल थापालाई आफ्नै भतिजाले समेत साथ दिएनन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन सँग हार बेहोर्नु परेपछि नेता थापा निर्मल निवासको हस्तक्षेप भएको भन्दै राप्रपा बाट अलग भएर राप्रपा नेपालको अध्यक्ष बन्न पुगेका थिए ।
गत मङ्सिर मा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधवार शपथ खाएका हुन् । तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् ।
महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ भने पाएका छैनन् । राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।