शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रदेश २ मा भोलि सार्वजनिक बिदा


  • आइतबार, साउन २६ २०७६
29.6K
SHARES

काठमाडौं, २६ साउन ।

सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् । प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा