आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

नारायणकाजी विप्लवको कार्यक्रममा आउने भएपछि एक्सनमा उत्रिए प्रचण्ड


  • बुधबार, फाल्गुन १८ २०७८
17.5K
SHARES

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच आज विहान भेटवार्ता भएको छ ।

भेटमा विप्लवले एमसीसी विरुद्धको संघर्षमा सहकार्य गर्न प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा श्रेष्ठले हुन्छ भन्ने जवाफ दिएका थिए । विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र दुईवटा मोर्चाले यही फागुन २० गते विशाल जनसभा गर्दैछन् । उक्त सभामा समेत सहभागी हुन विप्लवले आग्रह गरेका थिए ।

भेटमा श्रेष्ठले आफू उक्त कार्यक्रममा सहभागी हुने बचन दिएको नेकपा निकट श्रोतको भनाई छ । नारायणकाजी २० गते एमसीसी विरुद्धको कार्यक्रममा सहभागी हुने भएपछि पार्टी अध्यक्ष प्रचण्डले त्यही दिन केन्द्रीय समिति बैठक राखेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका नेता श्रेष्ठ र नेकपामा महासचिव विप्लवबीच भेटवार्ता भएको हो । श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए ।

भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ ।

यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् । विहान भएको भेटलाई आधार बनाएर प्रचण्डले नारायणकाजीलाई उक्त जनसभामा सहभागी हुनबाट रोक्न बैठक राखिएको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा