मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

सभामुखविरूद्व महाअभियोग प्रस्ताव ल्याउँछौ : गोकुल बाँस्कोटा


  • बुधबार, फाल्गुन १८ २०७८
6K
SHARES

फाइल तस्विर

पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताएका छन्। एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उनले बताए ।

बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो।’

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन आएका उनले माओवादी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्न सम्म गरे।

उनले भने, ‘प्रचण्ड जी खोलैखोला जान लाग्नुभाछ । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसीसीका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो।’  साथै नेता बास्कोटाले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा