शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डको पार्टी फुटतिर, असन्तुष्ट नारायणकाजी र विप्लवबिच भेटवार्ता


  • बुधबार, फाल्गुन १८ २०७८
12.7K
SHARES

अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणी सहित सदनबाट पास गर्ने निर्णय नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले लिएर सदनबाट एमसीसी पास गराए पछि सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठले विप्लव सँग भेटवार्ता गरेका छन् । एमसीसी प्रकरणमा माओवादी पार्टी नै फुट्न सक्ने सम्मका अनुमान सुरु भएका छन् ।

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए ।

तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।

एमसीसी संसदबाट अनुमोदन भएपछि श्रेष्ठसहित माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले छलफल तीव्र पारेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा