आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

निर्वाचन हुने भएपछि तात्यो कांग्रेस, बनायो यस्तो रणनीति


  • बुधबार, फाल्गुन १८ २०७८
9.9K
SHARES

फाइल तस्विर

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भोजपुरको कांग्रेस तातेको छ ।

जिल्ला सभापति विनोद वान्तवाले निर्वाचनको लागि तयारीस्वरुप छलफल र अन्तरक्रिया गर्दै आएको बताएका छन् ।

केही दिनअघि बसेको जिल्ला कार्यसमितिको बैठकले अनुशासन समितिको संयोजकमा सभापति वान्तवालाई नै चयन गरेको छ ।

१ हजार १ जना सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ यसको संयोजकमा पनि वान्तवा नै रहेका छन् ।

बैठकले पार्टी महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा हतुवागढीको घोरेटारमा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा षडानन्द नगरपालिकाको दिङ्लामा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला सचिव कर्ण मोक्तानको संयोजकत्वमा, जिल्ला सदस्य कृष्ण राई सदस्य रहेको अभिलेख व्यवस्थापन समिति गठन गरेको छ ।

समितिमा एकजना सदस्य थप गर्ने पार्टीले जनाएको छ ।

‘हामी अब कडा ढंगले अघि बढ्यौं, भोजपुरको कांग्रेसले केही गरेर देखाउँछ’ सभापति वान्तवाले भने ‘ पार्टीमा को को छन् र उनीहरु के के गर्दैछन् भनेर ‘अपडेट’ गर्न अभिलेख व्यवस्थापन समिति गठन गरेका हौं ।’

वान्तवाले सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाएर लैजाने स्पष्ट पारेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा