शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पशुपतिमा घट्याे नसाेचेकाे घटना, आवतजावत गर्न बन्द गरियाे !


  • बुधबार, फाल्गुन १८ २०७८
9.6K
SHARES

तस्विरः फाइल

काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किएको छ ।

पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् ।

पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो । त्यसबेला पुलमा धेरै मानिस भए पनि दुई जना बागमती नदीमा खसेर घाइते भएका छन् ।

घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको र अर्का घाइते राजन ओलीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुलको पर्खाल भत्किएपछि प्रहरीले त्यहाँबाट आवतजावत बन्द गरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा