आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमसीसीकाे साईड इफेक्ट : प्रचण्डकाे पार्टीमा पहिराे, सिंगाे पार्टी कमिटी विप्लवकाे पार्टीमा समाहित


  • मंगलबार, फाल्गुन १७ २०७८
9K
SHARES

तस्विरः फाइल

काठमाडौँ – एमसीसी पास गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा माओवादी केन्द्र परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार बनेपामा एक कार्यक्रमको आयोजना गरेर ती नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको विप्लव नेकपाका काभ्रे जिल्ला सचिव प्रतापले जानकारी दिए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’ले राष्ट्रघात गर्नेहरुका विरुद्ध क्रान्तिकारीहरु ध्रुवीकरण हुने समय आएको बताए।

कार्यक्रममा बोल्दै जिल्ला इञ्चार्ज आधारले अब देशव्यापी रुपमा माओवादी केन्द्र छोडेर देशभक्त तथा राष्ट्रवादी नेता तथा कार्यकर्ताहरु आफूहरुको पार्टीमा प्रवेश गर्ने लहर आउने बताए।

पार्टी प्रवेश कार्यक्रमबाट माओवादी केन्द्र परित्याग गरेर सो पार्टीमा प्रवेश गर्नेहरुमा रोशी गाउँ पालिका वडा नम्बर ५ का निर्वाचित वडा सदस्य सन्च लामा, पार्टीका काभ्रे जिल्ला समिति सदस्य क्षेत्र तामाङ, धुलिखेल नगरपालिकाका पार्टी सदस्यहरु माइलीमाया तामाङ ,शुसिल कुमार कार्की, हिरामाया तामाङ, माइली तामाङ, प्रकाश भुजेल, राजेन्द्र घर्ती, रीता शाह ठकुरी, बिमला पहरी, रमा पहरी,कान्छीमाया तामाङ, साइँली तामाङ, रुपा पहरी, भगवती भुजेल र चमेली शाह ठकुरी रहेका छन्।

पार्टी प्रवेश गर्नेहरुले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको पाँच दलिय गठबन्धनले अमेरिकी सहयोग नियोग भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन्।

उनीहरुद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘११ बुँदे व्याख्यात्मक टिप्पणी नामक रेशमी पर्दाले जनभावनालाई लपेटने दुष्प्रयासका साथ एमसीसीद्वारा अमेरिकी शासकलाई वैधानिक रुपमा नेपालमा हुल्ने जस्तो घृणित र गद्धारीपुर्ण कार्यको मतियारमा प्रचण्ड दर्ज भइसकेकोले उनले नेतृत्व गरेको सो पार्टीमा बसी कलंकित हुन् क्रान्तिकारी नैतिकता र देशभक्ति भावले नदिएकोले सो पार्टी परित्याग गरी प्रवेश गरेको खुशी र गौरब यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं।’

पार्टीमा नवप्रवेशीहरुलाई जिल्ला इञ्चार्ज आधारले अबिर लगाइदिएर स्वागत गरेका थिए भने जिल्ला सचिव प्रतापले खादा ओढाएर स्वागत गरेका थिए ।

आयोजित पार्टी प्रवेश कार्यक्रम विशेष समिति सदस्य प्रेरकले संचालन गरेका थिए ।

गएकाे आईतबार प्रचण्डकाे सहयोगमा प्रतिनिधि सभाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारले एनसीसी सम्झौता अनुमोदन गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा