आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

माधव नेपालमाथि ओलीको हमला, माधवले गरे यस्ताे डिफेन्स


  • मंगलबार, फाल्गुन १७ २०७८
12.7K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामार्फत केपी शर्मा ओलीले आफ्ना पार्टीमाथि मिसाईल हमला गर्न लागेको खुलासा गरेका छन् ।

तर उनको उक्त हमला आफूहरुले सहजै डिफेन्स गर्दै प्रतिउत्तरमा क्षेप्यास्त्र प्रहरा गरेको बताएका छन् ।

प्रधानन्यायाधीश बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि उनीमाथि महाभियोगको क्षेप्यास्त्र हानेको उनको भनाई छ ।

उनले चोलेन्द्रको नामै नलिई फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए ।

उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए ।

‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ ।’ उनले भने, ‘फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो ।’

मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ ? थाहा पाइराख्नु पर्‍यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्‍यो । सूचना हामीकहाँ पठाउने छन् कि ।’

उनले षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन पनि ओलीलाई आग्रह गरे ।

उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए ।

फागुन १ गते सत्ता गठबन्धनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको थियो । सो महाभियोगसम्बन्धी विषय अहिले संसद्‍मा विचाराधीन अवस्थामा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा