काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीबिरुद्ध थप आन्दोलनको घोषणा गरेरका छन् । आन्दोलनका कार्यक्रम अनुसार २० गते विशाल जनसभाा गरिने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै एमसीसी सम्झौता विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
एमसीसी पारित गर्ने राष्ट्रघातका विरूद्ध अविराम र निर्णायक जनसंघर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुने भन्दै आन्दोलनको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यही विषयको गम्भिर्यतालाई दृष्टिगत गरी आगामी चैत्र ६ गते सम्मको जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको जनाइएको छ ।
उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा फागुन २० गते काठमाण्डौ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोध सभा, २२ गते बुद्धिजिवीहरूको अन्तरक्रिया, २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ ।
त्यस्र्तै, २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा, २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत्र २ गते किसानहरू देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ ।
साथै, चैत्र ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा र चैत्र ६ गते राष्ट्रिय मूक्ति (जातीय–क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने संघर्षका कार्यक्रम उल्लेख गरिएको छ ।
यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
