शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ओलीमा दिमागी समस्या छ : माधव नेपाल


  • मंगलबार, फाल्गुन १७ २०७८
10.3K
SHARES

फाइल तस्विर

नेकपा एमाले बाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् ।

एमसीसी सदन बाट पास भएपछि पार्टीको धारणा सार्वजानिक गर्दै उनले ओलीले संविधान अनुसार भएको आफ्नो पार्टीलाई समाप्त पार्न विभिन्न लाञ्छना लगाउने ओली देश र जनताको हितमा नरहेको समेत जिकिर गरेका छन् ।

उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको आरोप छ ।

उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा  ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए ।

दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ । एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए ।

एमसीसीको विपक्षमा बोल्दै आएका समाजवादी अध्यक्ष नेपाल व्याख्यात्मक टिप्पणी सहित एमसीसीलाई अनुमोदन गराउन समर्थन जनाए सँगै एमसीसी सदनबाट पास भइसकेको अवस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा