नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली कम्युनिस्ट हुन लायक नभएको बताएका छन् ।
जनतालाई घात गर्ने पार्टी ओली नेतृत्वको पार्टी भएको बताएका नेपालले धेरै आफूले अब एमालेको विरोध नगर्ने तर आफूहरू जनताको पक्षमा भएको दाबी गरेका छन् ।
नेपालले आफ्नो पार्टीको संसद्मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताउदै आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्मा तमासा देखाउँदै आएको उनको भनाइ छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो पार्टी कानुन सम्मत रूपमा आयोगमा दर्ता भएर संसद्मा आएको बताए । तर पार्टीकै उपस्थितिले एमाले आतङ्कित भएको उनले दोहोर्याए ।
उनले एमसीसीको रटान लगाएर नथाक्ने एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तमासा देखाएको आरोप समेत लागाएका हुन् । एमालेले एमसीसीमा अन्त्यमा न समर्थन न विरोध गर्यो । एउटा तमासाको स्थिति बन्यो । जसले एमसीसी अघि बढाउन सारा कुरा गर्यो । उ मुकर्दशक भयो’, उनले भने, ‘ यो किन भयो भन्दा समाजवादीको अस्तित्वबाट आतङ्कित भएर ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।