शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सभामुखमाथि महाअभियोग आउन सक्छ : ओली


  • मंगलबार, फाल्गुन १७ २०७८
10K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोट विरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले जिम्मेवार पार्टी भएकाले सक्छु भन्ने हेक्का भए पनि महाअभियोगको विषयमा परिस्थिति हेरेर बसेको बताए ।

“सभामुखमाथि महाअभियोग ल्याउन सकिन्छ । नल्याउन पनि सकिन्छ,” उनले भने, “उहाँले राजीनामा नगरे ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौँ । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौँ ।”

ओलीले वर्तमान गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने समेत बताएका छन् । उनले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको दाबी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा