मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको एमाले अध्यक्ष ओलीको आरोप !


  • मंगलबार, फाल्गुन १७ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको बताएका छन्।

एमसिसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले केही दिनअगाडि दिनहुँजसो सडक आन्दोलन गरिरहेका थिए। त्यसतर्फ संकेत गर्दै आज पत्रकार सम्मेलनमा बोलेका अध्यक्ष ओलीले भने, ‘कार्यकर्ता सडकमा भिडाउने आफूहरू कसरी सत्ता जोगाउने भनेर लाग्ने?’

एमसिसीलाई असाधारण राष्ट्रघात भन्ने विषय माओवादी र नेकपा एकीकृत समाजवादीले बनाएको आरोप पनि उनको थियो।

‘असाधारण राष्ट्रघात हो भन्ने विषय बनाउनुभयो, कार्यकर्तालाई हिंसात्मक ढंगले सडकमा उतार्नुभयो,’ उनले भने, ‘कार्यकर्ता सडकमा भिडाउने आफूहरू कसरी सत्ता जोगाउने भन्नेतिर लाग्ने? एमसिसीमा राष्ट्रघात भएको हो कि होइन? होइन भने किन हल्ला चलाउनुभयो? किन बाटो भत्काउनुभयो। प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर बाटो भत्काउन र ढुंगामुढा गर्न लगाउनुभयो।’

सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालको पद जाने अवस्था आएपछि माओवादी र एकीकृत समाजवादी एमसिसी पास गर्ने अवस्थामा पुगेको ओलीको भनाइ थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा