मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

एमालेसँग कुनै सल्लाहनै नगरी एमसीसी सम्झौता गरियो : ओली


  • मंगलबार, फाल्गुन १७ २०७८
10.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह नगरेको बताएका छन् ।

ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमान धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा हेर्नुपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्‍बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण  सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष अ‍ोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर  एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला  फैलाएको प्रति आपत्ति जनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा