नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले व्याख्यात्मक क्रान्ति मुस्कुराउँदो देखिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई नोबेल शान्ती पुरस्कारका लागी सिफारीस गर्न ढिला नगर्न भन्दै व्यङ्ग्य गरेका छन् । एमसीसीलाई व्याख्यात्मक टिप्पणी सहित सदनबाट पास गराएपछि बाँस्कोटाको यो भनाई आएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा नेता बाँस्कोटा लेख्छन् “सुप्रिमोद्वारा रणनीतिक लक्ष्यसाथ उनकै शब्दमा घोषित राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सफल भएकोमा सुप्रिमो कदमको कडा प्रतिरक्षासाथ जनसङ्गठनलाई नागरिक अभिनन्दन गर्न आदेश भएछ। अब देउवाले पनि नोवेल शान्तिको लागि सिफारिस गर्न ढिलाइ नगरे हुने थियो। व्याख्यात्मक क्रान्ति मुस्कुराउँदो छ। ”
एमसीसी सदनमा पास हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना माग सरकारले पुरा नगरेको भन्दै संसद्मा नाराबाजी गरिरहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।