कांग्रेस सिन्धुलीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला निकटका उम्मेदवारलाई हराउँदै स्वतन्त्र ढंगले उठेका उपेन्द्रकुमार पोखरेलले जिल्ला सभापति जितेका छन्।
दोस्रो चरणमा भएको निर्वाचनमा सभापति पदमा कोइराला पक्षका उम्मेदवार उज्जवलप्रसाद बराललाई हराउँदै पोखरेल सभापति जितेका हुन्।
पोखरेलले ८८५ मत ल्याए भने बरालले जम्मा ४७७ मत ल्याएका थिए।सोमबार भएको पुन: मतदानमा यहाँ एक हजार तीन सय ७१ मत खसेको थियो। ९ मत बदर भएको थियो।
यसअघि आइतबार भएको अधिवेशनमा सभापति पदमा ५ जना उम्मेदवार थिए। कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सोमबार पुन: मतदान गरिएको थियो।
आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए।
यीमध्ये बराल कोइराला पक्ष र प्रेमचन्द्र सभापति देउवा पक्षबाट उम्मेदवार बनेका थिए। आफू स्वतन्त्र ढंगबाट उम्मेदवार बनेर जिल्ला सभापति जितेको पोखरेलले बताए।
नेविसंघबाट राजनीति सुरू गरेका पोखरेल तरूण दल हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय थिए। उनी कांग्रेस सिन्धुलीको निवर्तमान जिल्ला सदस्य पनि हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।