आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमालेलाई अर्को झट्का, सांसदको संंख्या घट्यो


  • मंगलबार, फाल्गुन १७ २०७८
15.7K
SHARES

काठमाडौँ – नेकपा एमालेलाई ठूलो झट्का लागेको छ । एकपछि अर्को सरकार गुमाउँदै गएको एमालेलाई फेरी अर्को झट्का लागेको हो ।

प्रहरीले मुगुका एमाले सांसद मोहन बानियाँलाई बलात्कारको आरोपमा पक्राउ गरेपछि एमालेको १ सांसद संख्या घटेको छ ।

उनी दोषि ठहर भएको खण्डका सांसदबाट निलम्मित हुने छ ।

यद्यपी उनी समानुपातिक सांसद भएकाले नेकपा एमालेले उनलाई बर्खास्त गरेर बन्द सूचीको अर्को नेतालाई संसदमा पठाउन सक्छ । अहिले नेकपा एमालेका ९८ सांसद छन् ।

बानियाँलाई प्रहरीले काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा