शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डलाई ‘व्याख्यात्मक घोषणा’ को आइडिया दिने व्यक्तीको नाम नै सार्वजनिक


  • सोमबार, फाल्गुन १६ २०७८
28.2K
SHARES

फाइल तस्विर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएको भोलिपल्ट पत्रकार सम्मेलनमार्फत एमसीसीबारे आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवास खुमलटारबाट व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको र नेपाली सबैको जित भएको बताएका छन् ।

एमसीसीविरुद्धको आन्दोलनदेखि अहिलेसम्मको यात्रामा आउन सहयोग दिने सबैलाई अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गरेका छन् । साथै, प्रचण्डले ब्याख्यात्म घोषणा कसरी ल्याइयो भन्नेबारे पनि पत्रकार सम्मेलनमा बेबिविस्तार लगाए ।

पूर्वपरराष्ट्र सचिव डा। अर्जुन थापाको साथ पाएपछि र लन्डनमा रहँदै आएका अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा। सूर्यप्रसाद सुवेदीले आफूलाई सुझावसहितको चार पाने पत्र पठाएपछि आँट दिएको प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘डा। अर्जुन अधिकारी पूर्वपरराष्ट्र सचिव । उहाँले अन्तर्राष्ट्रिय कानुनको गोल्डमेडालिस्ट हुनुहुँदोरहेछ । ब्याख्यात्मक घोषणामा दुवै देशले मान्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधानबारे बताउनुभयो ।

त्यसपछि लेफ्टिस्ट लयर्सहरुसँग पनि छलफल भयो । गगन थापाहरु पनि यस विषयमा लागिपरेको सुनियो । त्यसपछि बिनासर्त यथास्थितमा अनुमोदन गर्न नपर्ने र कानूनी प्रावधान पनि प्राप्त गर्ने रहेछ ।

एक जना अधिवक्ताले एउटा चिठी दिनुभयो त्यसले निक्कै मनोबल बढायो । डा। सूर्यबहादुर सुवेदी उहाँ ख्यातिप्राप्त व्यक्ति हुनुहुन्छ । उहाँले ४ पेजको चिठी पठाउनुभयो । र, एमसीसीको बाटो कसरी हिँड्ने भन्नेमा छ्यांग बनाउनुभयो, कानूनी रुपमा ।’

डा। थापा र सुवेदीको साथले ब्याख्यात्मक घोषणालाई अघि बढाउने आँट आएको र त्यसपछि यो प्रस्तावलाई अघि बढाइएको प्रचण्डले बताए ।

उनले भने, ‘त्यसपछि यसलाई अघि बढाउने निर्णय गरियो । पार्टीका केही साथीहरुले विरोध गरिरहनुभएको छ । यद्यपि, आइतबार एमसीसी पारित भयो । हिजो एमसीसी पास भएपछि निकै खुसी छु, किनकी देश बच्यो । देश बचेको छ, कानूनी प्रावधान प्राप्त गरेको छ । अन्र्तराष्ट्रिय कानूनीप्राप्त भइसकेपछि पनि कसैले कागजको खोस्टो हो भनिरहनुभएको छ । त्यो होइन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा