आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आँखा झिँमिक्क बैंकभित्रै २ लाख पैसा गायब !


  • सोमबार, फाल्गुन १६ २०७८
11K
SHARES

काठमाडौं । बैंकभित्र आँखा झिँमिक्क हुँदा एक सेवाग्राहीको २ लाख रुपैयाँ हराएको छ। यो घटना राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखामा भएको हो।

त्यहाँ एक सेवाग्राहीको भौचर भर्ने क्रममा २ लाख रूपैयाँ हराएको हो । हेटौंडा–१० मा रहेको म्यापल रेष्टुरेण्ट सञ्चालक युवा व्यवसायी राम महर्जनले आइतवार बैंक खातामा जम्मा गर्न लगेको नगद दुई लाख रूपैयाँ बैंकभित्रैबाट हराएको बताइएको छ।

प्रहरीले घटनाको अनुसन्धानसँगै पैसा लाने व्यक्तिको खोजी गरिरहेको छ । २ लाख ५५ हजार रूपैयाँ लिएर आइतवार दिउँसो सवा १ बजे सेवाग्राही महर्जन बैंक प्रवेश गरेका थिए । उनले ५५ हजार रूपैयाँ गोजीमा र २ लाख रूपैयाँ भने हातमा लिएर लाइन बसेका थिए ।

भौचरमा खाता नम्बर लेख्न बिर्सेकाले पुनः उनी लाइन छोडी भौचर भर्ने स्थानमा पुगेका थिए । भौचरमा खाता नम्बर लेख्ने क्रममा उनले हातमा रहेको २ लाख नगद टेबलमा राखेर भौचर नम्बर भरेका थिए ।

पैसा त्यहीँ बिर्सेर उनी लाइन बस्न पुगे । जब उनले काउण्टरमा पैसा बुझाउन खोजे हातमा पैसा थिएन । हतारहतार भौचर भर्ने ठाउँमा हेर्न पुग्दा त्यहाँ राखिएको पैसा नभएको उनको भनाइ छ । करीब डेढ मिनेट अवधिमा पैसा गायब भएको उनले बताए ।

पैसा हराएपछि उनले बैंक म्यानेजर तथा कर्मचारीहरूलाई खबर गरे । सोधपुछ पछि पनि पैसा पत्ता नलागेपछि महर्जनले सुरक्षा निकायको मद्दत लिन पुगे । अहिले जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी टोली घट्ना भएको स्थानमा पुगेर बैंकमा रहेको सीसी क्यामराको सहयोगमा पैसा लैजाने व्यक्तिको खोजी गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा