शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी पास भएकोमा खुसी छु, देशलाई दुर्घटनाबाट बचाउँदा भिलेनका रूपमा प्रस्तुत गरियो : प्रचण्ड


  • सोमबार, फाल्गुन १६ २०७८
16K
SHARES

फाईल तस्बिर

एमसीसीलाई लिएर माओवादी पार्टी भित्रै असन्तुष्टी देखिएको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गर्दै दुर्घटनाबाट देशलाई बचाउँदा भिलेनका रूपमा प्रस्तुत गरिएकोमा दुखेसो समेत पोखेका छन् ।

सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

एमसीसी संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुलाई साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डले बताए ।

राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको, तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गरेको प्रचण्डको गुनासो थियो ।

प्रचण्ड नेतृत्वको पार्टी भित्रै एमसीसी पास गराएको विषयलाई लिएर नेताहरू रुष्ट भएको बुझिएका बेला प्रचण्डले देशलाई दुर्घटना हुन बाट बचाएको बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा